- सहबान अन्सारी
नवलपरासीको नारायणी नदिमा दाउरा टिप्ने क्रममा एक जना बेपत्ता भएका छन।
शनिवार सुस्ता गाउँपालिका वडा नं५ सकरदिनहि बस्ने ३३ बर्षिय अर्जुन चमार घर देखी करिब २ किलोमिटर पुर्व स्थित नारायणी नदिमा बाढीले बगाई ल्याएको दाउरा टिप्ने क्रममा नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
दाउरा टिप्दै अचानक नदिमा बेपत्ता भएको चमारलाई प्राप्त खबर पश्चात तत्काल प्रहरी चौकी रामनगरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक राजाराम कुर्मीको कमाण्डमा प्रहरी टोली साथै ईलाका प्रहरी कार्यालय बेलाटारी,प्रहरी चौकी कुडीया, प्रहरी चौकी नर्सही र स्थानियहरुको सहयोगमा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।
लागातार अबिरल बर्षाका कारण नारायणी नदिको जलस्तर बढेपछी स्थानियहरु द्वारा बाढिले बगाएको दाउँरा टिप्न खोज्दा बर्षेनी बेपत्ता हुने गरेका छन भने कयौंले ज्यान समेत गुमाएका छन l