नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन
News Desk
Jul-06 तारिख 09:01 बेलुका

अल कासिम, साउदी अरेबिया,

नेपाली कांग्रेस बिदेश स्थित भातृ संस्था नेपाली जनसंपर्क समिती साउदी अरबको अलकासिम क्षेत्रिय सभापतिमा, नेपाली कांग्रेसका युवा नेता टिकाराम तामाङ र महा मन्त्रीमा समीर केसि लगायत १२ सदस्यीय अल कासिम क्षेत्रीय समिति सर्ब सहमत चयन भएको छ । यहि जुलाइ ५ तारिक शुक्रबारको दिन अलकासिमको बुरैदामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालि जनसम्पर्क समिति साउदि अरबका सभापति तुसुङ (अर्जुन) बहादुर थापाको सभापतित्वमा र नेपाली जनसंपर्क समिती साउदि अरबका अन्य पदाधिकारि तथा सदस्यहरु, सल्लाहकारहरु, अलकासिम क्षेत्रमा रहनु भएका नेपाली काँग्रेसमा आस्थावान ब्यक्तिहरु तथा अन्य संघसंस्था पदाधिकारिहरु, समाजसेबि, बुद्दिजिबिहरुको उपस्थितिमा नेपाली जनसम्पर्क समिती, अलकासिम क्षेत्रीय समिति गठन गरिएको थियो । 

अल कासिम क्षेत्रीय समितिका नवनिर्वाचित कार्यसमितीम

 सभापति - टिकाराम तामाङ (वाइवा ), उप सभापति - कुमार बिक, महामन्त्री - बद्री खत्री ( समिर ), कोषाध्यक्ष - सुरज सापकोटा, सदस्यहरुमा सुदेश महतो, बादल श्रेष्ठ , रेशम थापा, सर्फुदिन मिया, आयुष धामि, अनिल बराल, दिनेश उपरकोटि, पुब्यन शाह चयन हुनु भएको छ भने प्रमुख सल्लाहकार - धन बहादुर गुरुङ र

सल्लाहकार - मनोज कुमार खवास चयन हुनु भएको छ ।

धेरै पढिएको