सिद्वार्थ राजमार्गअन्तर्गत दुई ठाउमा राजमार्ग भासिदा सयौं सवारीसाधन बाटैमा रोकिय
News Desk
Jul-07 तारिख 12:05 बेलुका

सिद्वार्थ राजमार्गअन्तर्गत स्याङजाको गल्याङ नगरपालिका-११ तुल्सिभन्ञ्याङमा र गल्याङ-३ गल्याङ बजार नजिकै दुई ठाउमा राजमार्ग भासिदा सयौं सवारीसाधन बाटैमा रोकियका छन् । शुक्रवार बिहानदेखि अबिरल वर्षा नरोकिएपछि आज बिहान सडक भासिएको गल्याङ प्रहरीले जनएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भईरहेको छ । गल्याङ नगरपालिका र प्रहरी एकातर्फ भएपनि बाटो खुलाउने प्रयासमा छ, तर लगातारको बर्षाले समस्या भईरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको