News Desk
शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर तीनजना बेपत्ता भएका छन।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएका तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।
पहिरामा परेर बेपत्ता भएकाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीबाट खोजी भइरहेको उनले बताए।
ढुङ्गा लागेर एकको मृत्यु
यस्तै ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।