पोख​रामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु
News Desk
Jul-12 , 2024 तारिख 12:35 बेलुका

कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन। 

पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। म‌ृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

धेरै पढिएको