जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुुई जनाको मृत्यु
News Desk
Jul-12 , 2024 तारिख 05:51 बेलुका

रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका धरमपुरबाट  सर्लाहीतर्फ जन्ती जाँदै गरेकाे स्करपियो गाडि अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि काठमाडौंका कुलबहादुर श्रेष्ठ र सर्लाहीकी श्वेता पण्डितको मृत्यु भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिनुभयो । गाडीमा १२ जना सवार थिए ।

धेरै पढिएको