News Desk
२११ औं भानु जयन्तीको अवसरमा प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । आषाढ २९ गते आयोजित ग्लोबल गोरखा समाज प्रथम जिल्ला स्तरीय अन्तर मा।वि। “राष्ट्र निर्माणमा गोरखाको योगदान विगतदेखि वर्तमान” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा गोरखा जिल्लाका १० वटा पालिका बाट १९ जना प्रतियोगी प्रतिस्पर्धी विधार्थीहरुको उपस्थिति रहेको थियो। सहभागी सम्पुर्ण प्रतिस्पर्धी विधार्थीहरुले ऊत्कृष्ठ प्रस्तुतीका साथ गोरखा नगरपालिका गोरखा बजार स्थित होटल मिराकलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
गोकर्ण प्रसाद ढकालको नेतृत्वमा रहेको संस्थाले आगामी वर्षहरुमा समेत निरन्तरता दिने गरी संस्थाका महासचिव विराट खनालको संक्रियता र संयोजकत्वमा सम्पन्न कार्यक्रममा ग्लोबल गोरखा समाज नेपाल समन्वय समितीका संयोजक यदु लामिछानेले कार्यक्रमको सभापतीत्व ग्रहण गर्नु भएको थियो। नेपाल समन्वय समितिका उप -संयोजक ईन्द्रराज भट्टराईले सन्चालन गर्नु भएको कार्यक्रममा अतिथिहरु,प्रतिस्पर्धी विधार्थीहरु,संरक्षक शिक्षक,अभिभावक र अन्य उपस्थित महानुभावहरुलाई संस्थाको तर्फबाट संस्थाका नेपाल समन्वय समितिका सदस्य शरण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा जनचासो टाईम्सका प्रमुख अश्विन डाँनी र पत्रकार किरण खनालको समेत उपस्थिती रहेको थियो ।
गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगरले कार्यक्रमको ब्यानर वाचन गरेर कार्यक्रमको ऊद्धघाटन गर्नुका साथै कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता गर्नु भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका उप-प्रमुख, गोरखा नगरपालिकाका उप-प्रमुख, धार्चे गापा र आरुघाट गापाका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख, जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायका प्रमुखहरु, गोरखा क्याम्पसका प्रमुख,द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख, विभिन्न पालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुखहरु,प्रतिनिधीहरु ,पत्रकार,सुरक्षाकर्मी, प्रतियोगी विधार्थीहरुका संरक्षक शिक्षक तथा अभिभावकहरु र अन्य महानुभावहरु बाक्लो सङख्यामा उपस्थिति रहनु भएको थियो।