जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी मावि गोरखा नगरपालिकाकी आकृती उपरकोटी प्रथम
News Desk
Jul-16 , 2024 तारिख 11:30 बिहान

२११ औं भानु जयन्तीको अवसरमा प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजद्वारा आयोजित ग्लोबल गोरखा समाज प्रथम जिल्ला स्तरिय अन्तर मा। वि। वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी मा।वि। गोरखा नगरपालिकाकी आकृती उपरकोटी प्रथम हुनु भएको छ । भानु जयन्तीको अवसर पारेर आषाढ २९ गते आयोजित “राष्ट्र निर्माणमा गोरखाको योगदान विगतदेखि वर्तमान” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा गोरखा जिल्लाका १० वटा पालिकाका १९ जना प्रतियोगी प्रतिस्पर्धी विद्यार्थी बीच भएको प्रतियोगितामा उपकोटीले प्रथम स्थान हासिल गर्दा जनशक्ती मा।वि। शहिद लखन गाउँपालिकाकी आर्या गोतामे द्वितिय, भिमोदय मा।वि। आरुघाट गाउँपालिकाका प्रदिप विश्वकर्मा तृतिय र धर्मोदय मा।वि। पालुङटार नगरपालिकाका सामुयल श्रेष्ठ र जनकल्याण मा।वि। सिरानचोक गाउँपालिकाकी सरस्वती नेपालीले सान्त्वनातर्फ क्रमश प्रथम/द्वितिय/तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल हुन भएको छ । कार्यक्रममा १९ जना प्रतियोगीहरुको नै प्रस्तुती उत्कृष्ठ रहेको थियो। गोरखा नगरपालिका गोरखा बजार स्थित होटल मिराकलमा आयोजित उक्त प्रतियोगिता कार्यक्रम ग्लोबल गोरखा समाज नेपाल समन्वय समितीका संयोजक यदु लामिछानेले सभापतीत्वमा भएको हो ।जसमा नेपाल समन्वय समितिका उप -संयोजक ईन्द्रराज भट्टराईले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने समाजका नेपाल समन्वय समितिका सदस्य शरण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा जनचासो टाईम्सका प्रमुख अश्विन डाँनी र पत्रकार किरण खनालको समेत उपस्थिती रहेको थियो । 

 

गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले कार्यक्रमको ब्यानर वाचन गरेर प्रतियोगिताको ऊद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका उप-प्रमुख, गोरखा नगरपालिकाका उप-प्रमुख, धार्चे गापा र आरुघाट गापाका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख, जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायका प्रमुखहरु, गोरखा क्याम्पसका प्रमुख,द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख, विभिन्न पालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुखहरु,प्रतिनिधीहरु ,पत्रकार,सुरक्षाकर्मी, प्रतियोगी विधार्थीहरुका संरक्षक शिक्षक तथा अभिभावकहरु र अन्य महानुभावहरु बाक्लो सङख्यामा उपस्थिति थियो। 

प्रतियोगितामा चेतनाथ पन्त (भवानी मा।वि। पालुङटार-५)निर्णायक मण्डल संयोजक रहनु भएको थियो भने अन्य दुई ठाकुर प्रसाद खनाल,बिजुली देवी देवकोटा (गोरखा क्याम्पस) लाई निर्णायक मण्डल सदस्यको जिम्मेवारी संस्थाले प्रदान गरेको थियो। 

नेतृत्वमा रहेको संस्थाले आगामी वर्षहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । प्रतियोगितामा भर्चुअल उपस्थिति जनाएर संस्थाका संरक्षक हरिहर अर्याल (फ्रान्स) ले भानुभक्तको सम्झनामा कविता वाचन गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। संस्थाका अध्यक्ष गोकर्ण प्रसाद ढकालले समेत छोटो मन्तव्य राख्नु भएको थियो।

संस्थाका महासचिव तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रमका संयोजक बिराटबाबु खनालले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न जिल्लाका सम्पुर्ण पालिका, पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र सहयोग रहेको बताउनुभयो । धन्यवाद व्यक्त गर्ने क्रममा उहाँले भन्नुभयो ‘कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएर कार्यक्रमको गरिमा बढाईदिनुहुने जिल्लाका सम्पु्र्ण पालिका, संघ, संस्था, नेपाल समन्वय टिमले खेलेको भूमिका, संस्थाका संस्थापक महासचिव, निवर्तमान नेपाल संयोजक, सल्लाहकार विनोद पोखरेलले शुरुवाती दिनदेखि कार्यक्रम सफल पुर्याऊन खेल्नु भएको भूमिका र यस कार्यक्रमलाई सफल गर्न आर्थिक सहयोग गर्नुहुने प्रवासी गोरखालीहरु प्रति धन्यवाद प्रकट गर्न चाहन्छु । सम्पुर्ण सहभागि विद्यार्थीको समुज्वल भविष्यको कामनाका साथै स्वतन्त्र र निष्पक्ष मुल्याङकनको लागी निर्णायक मण्डल प्रति पनि धन्यवाद व्यक्त गर्दछु’ ।

Kiran Khanal

धेरै पढिएको