News Desk
काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत थीन। उनी १ छोरी र २ नातिसँगै बस्दै आएकी थीन।
श्रीमान द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थीन।
सन १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन १९७७ मा द्वारिकाज होटल दर्ता गरेकी थीन।
उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थीन।
महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थीन।