बस र दुध बोक्ने ट्याङकर ठोकिँदा १२ जना घाइते
News Desk
Jul-19 , 2024 तारिख 07:36 बेलुका

धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र दुध बोक्ने ट्याङकर ठोकिँदा १२ जना घाइते भएका छन् । सुनसरीको धरानबाट संखुवासभाको आँखिभुइ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दुध बोकेर धरानतर्फ जाँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्याङकर ठोकिँदा बसमा सवार १२ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको छ । उनीहरुको धनकुटा अस्पतालमा उपचार भइरहे पनि थप समस्या देखिए धरान पठाइने प्रहरीको भनाइ छ ।

बस चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन भने दुवै सवारीका चालक भने सकुशल रहेका प्रहरीका भनाइ छ ।

धेरै पढिएको