क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत लाई अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको
News Desk
Jul-22 , 2024 तारिख 06:56 बेलुका

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार घुससहित पक्राउ गरेको हो । आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उहाँको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ ।

धेरै पढिएको