News Desk
होटल सांग्रिला काठमाडौंका संस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भएको पाटा नेपाल च्याप्टरले जनाएको छ।
पाण्डेलाई नेपाली पर्यटन र आतिथ्य सेवाका एक नेतृत्वदायी व्यवसायीका रुपमा चिनिन्छ। होटल एसोसिएसन नेपाल, पर्यटन बोर्डगायत पर्यटन क्षेत्रका विभिन्न संघसंगठनमा रहेर योगदान दिएको भन्दै पाटा नेपाल च्याप्टरले श्रद्धाञ्जलि व्यक्त गरेको छ।
‘पाटा नेपाल च्याप्टर र पूरै नेपाली पर्यटन क्षेत्रले यस क्षेत्रका मूर्धन्य व्यवसायीलाई गुमाएको छ’, संस्थाले भनेको छ।
केही वर्षयता अस्वस्थ उनको सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो।नेपाली होटल तथा पर्यटन क्षेत्रका अग्रणी उनका श्रीमती, २ छोरा र १ छोरी छन।