News Desk
एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान करिब सवा एघार बजे दुर्घटनामा परेको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । अहिले विमानमा रहेकाहरुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी छ ।