एसिया कप खेलेर फर्कियो नेपाली महिला क्रिकेट टोली
News Desk
Jul-25 , 2024 तारिख 01:50 बेलुका

काठमाडौँ — श्रावण १०, २०८१। 

एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोली फर्किएको छ । श्रीलंकामा भएको एसिया कप खेलेर नेपाली टोली बिहीबार दिउँसो काठमाडौं फर्किएको हो । 

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भयो ।

नेपालले एसिया कपको इतिहासमै पहिलो विजय हात पारेको हो । सन् २०१२ र २०१६ मा ट्वान्टी–२० संरचनामा भएका दुवै संस्करणको एसिया कपमा नेपालले एउटै खेल जित्न सकेको थिएन र सबै ८ खेलमा पराजित भएको थियो ।
 

धेरै पढिएको