प्रधानमन्त्री ओलीलाई नेपाल सरकारका सचिवहरूको ब्रिफिङ
News Desk
Jul-28 , 2024 तारिख 02:09 बेलुका

काठमाडौँ — श्रावण १३, २०८१। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका सचिवहरूको सिंहदरबारमा ब्रिफिङ सुरू भएको छ ।  बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै मन्त्रलायका सचिवहरु सहभागी छन् ।


ओली प्रधानमन्त्री भएपछि सचिवहरूसँग पहिलोपटक संयुक्त ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्रीले सचिवहरूको ब्रिफिङपछि सरकारले गर्नुपर्ने काम लगायतका विषयमा निर्देशन दिनेछन् ।

धेरै पढिएको