News Desk
काठमाडौं। लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले यस वर्ष चौथो संस्करणमा विभिन्न वर्ग, पेशा र क्षेत्रमा रहेर समाजका लागि सकारात्मक योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।
लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर विभिन्न ११ विधामा अवार्ड घोषणा गर्न लागेको जानकारी दिएको हो ।
लायन्स क्लब अफ काठमाडौंका कर्पोरेट नेपाल संस्थापक अध्यक्ष किशोर भट्टराईका अनुसार सोसियल प्लेयर अवार्ड, स्पोर्टस म्यानेजमेन्ट अवार्ड, सोसियल कर्पोरेट हाउस अवार्ड, सोसियल कर्पोरेट लिडर अवार्ड, सोसियल सेलिब्रेटी अवार्ड, सोसियल म्यानेजमेन्ट अवार्ड, सोसियल एकाडेमिक अवार्ड, सोसियल ब्यूरोक्र्याट अवार्ड, सोसियल स्पिरिचुअल अवार्ड, सोसियल जर्नालिजम अवार्ड र कर्पोरेट सीएसआर अवार्ड रहेका छन ।
उनले भने, ‘ यी ११ वटा विधामा वेस्ट पर्सनालिटीलाई अवार्ड प्रदान गर्नेछौं। अवार्ड पाउने व्यक्तित्वहरूको नाम सोही दिन घोषणा हुनेछ।’
लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले विगत ३ वर्षदेखि लायन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्दै आइरहेको छ ।