स्याङ्जाले अतिक्रमणको चपेटामा परेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानको थालनी
News Desk
Aug-01 , 2024 तारिख 11:52 बिहान

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अतिक्रमणको चपेटामा परेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानको थालनी गरेको छ । अतिक्रमण भएका त्यस्ता जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लामा उक्त कामको थालनी गरीएको हो ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको भनी आएका गुनासा र उजुरीहरूका आधारमा जिल्ला प्रशासन, शसस्त्र प्रहरी सहितको टोली र स्थानीयसँगको सहकार्यमा अतिक्रमित जग्गा स्थलगत अनुगमन समेत गरिएको छ ।

सोहिअनुसार पुतलीबजार नगरपालिका वडा नं १३ मा रहेको ५० रोपनी अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा फिर्ता गरी अभियानको थालनी गरिएको हो । सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउनु राज्यको दायित्व हो । त्यसैलै उक्त कामको थालनी गरिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

धेरै पढिएको