राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनियताको शपथ
News Desk
Aug-01 , 2024 तारिख 10:00 बेलुका

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराउनुभएको हो । देवकोटा बागमती,घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।

धेरै पढिएको