एनआरएनए कतारका सदस्य एबम ब्याबसायी रमेश केसि पक्राउ
News Desk
Aug-02 , 2024 तारिख 04:36 बिहान


काठमाडौ,एनआरएनए कतारका सदस्य,नेपाली ब्याबसायी कतारका सदस्य,स्मार्ट ज्वेलरी,अरवानी क्लव र इन्फिनिटी क्लब कतारका संचालक रमेश केसिलाई कतार प्रहरीले बुधवार पक्राउ गरेको छ । उनिसङ्गै एनआरएनए कतारका सदस्य सुदिप पाठक र केसिको भाइलाई पनि कतारको प्रहरीले पक्राउ गरेको हो । आफ्नै कर्मचारी एक मोरक्कोको  महिलाले कतारको प्रहरीलाई निवेदन हालेपछी रमेशलाई कतारको प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । केसिसङ्गै  पाठक र केसिको भाइलाई सहयोग गरेको आरोपमा कतारको प्रहरीले पक्राउ गरेको छ र अनुसन्धान जारी रहेको जनाईएको छ ।

केसिले संचालन गरेको इन्फिनिटी क्लबको शुक्रबार उदघाटन हुदैछ । उक्त समुदघाटन कार्यक्रममा प्रस्तुति दिन गायक शिव परियार कतार आएका छन ।

बुधबार साँझ कतार आइपुगेका परियारलाई स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा क्लब सञ्चालक रमेश केसी एयरपोर्ट पुगेका थिए । परियारलाई स्वागत गरे लगत्तै केसिलाई प्रहरीले पक्राउ गरेको हो ।

केही बर्षपहिले कतार प्रवेस गरेका केसिले कतारमा बिबिध गतिबिधि गर्दै आएका थिए ।  

यो समाचार तयार पार्दासम्म केसिलाई छुटाउने प्रयास भैरहेको छ । उनलाइ पिडित  मोरक्को केटीको माग अनुसारको पैसा दिएर केस फिर्ता गर्न  पहल भैरहेको र धरौटीमा छुट्ने संभावना रहेको केसि निकट ब्यक्तिले बताए ।

हामिले केसिको मोबाइलमा पटकपटक फोन गर्दा पनि मोबाईल बन्द भएकाले र उनी प्रहरी कस्टडिमा भएकाले सम्पर्क हुन सकेन ।

धेरै पढिएको