अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
News Desk
Aug-02 , 2024 तारिख 01:09 बेलुका

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर २ यादुङ बस्ने ३५ वर्षका हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो । बिहिवार बेलुकी घर नजिकै आफ्नैै बारिको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा निजलाई अरिङ्गालले शरीरको बिभिन्न भागमा टोकेर घाईते भएका थिए । उहाँलाई थप उपचारको लागि पाल्पा मिसन अस्पताल लगिएको थियोे उहाँको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

धेरै पढिएको