News Desk
-सहबान अन्सारी
जनता प्रगतीशिल पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले काग्रेंस एमालेको गठबन्धन सरकारले सबै नेता तथा पार्टी प्रती आम जनतामा निराशाको भाव सृजना भएको बताएका छन।
सनिवार प्रतापपुरको बेलाटारीमा कार्यकर्ता सम्मेलन सभालाई संबोधन गर्दै उनले यस्तो कुरा बताए।
८ अर्ब रुपया उधोगपतिहरुले बिधुत प्राधिकरणलाई दिने बिषयमा सांसदको लेखा समिति,अदालत,अख्तियार दुरुपयोग अनुसंधान आयोग तथा बिगतको सरकारले निर्णय गरे पनि आजको सरकारले ढाकछोप गरेको बताए।
काग्रेंस एमालेको गठबंधनको सरकारले भष्टाचार लुकाए देश संकटमा जाने नेता त्रिपाठीको भनाई छ।
साथै समानुपातिक प्रणालीबाट दलित,महिला,मुस्लिम,जनजातीहरुको लागी भएको प्रणालीलाई दुरुपयोग गर्दै आफन्तको लागी प्रयोग हुदै गएको बताए।
कुनै अभावको कारण पार्टी निर्माण गरिएको हैन भन्दै उनले विचारको राजनिति समाप्त हुदै गएको अवस्थामा चाहे त्यो विचार देश संसद संविधानको राजनिति बिचलन भएको हुदाँ यो पार्टीको आवश्यकता महसुस गरिएको बताए।
जनता प्रगतीशिल पार्टी नेपालले भष्टाचारको,किसान ,आरक्षणको ,संघियता,राष्ट्रियता तथा देशभक्तीको मुद्दाहरुलाई अगाडी बढाउन नेता त्रिपाठीले जिकिर गरेका हुन।
कार्यकर्ता संम्मेलन कार्यक्रममा क्षेत्रिय सभापति रामप्रित यादव,जिल्ला अध्यक्ष राधेरमण पाण्डे,रामअवतार कोईरी,राजेश चौधरी,रामहरि उपाध्याय,बिनोद ठाकुर लगायतहरुले आफ्ना धारणा राखे l