बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी रूपमा खुल्यो
News Desk
Aug-06 , 2024 तारिख 05:53 बेलुका

अविरल वर्षाका कारण पहिरो खसेपछि बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी रूपमा खुलेको छ । आज बिहान तिनाउ- ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो पन्छाएर एकतर्फी सवारी आवागमन सुरु भएको हो । माथिल्लो भागबाट झरेको लेदो हटाएर हालका लागि सवारी पास गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालयको मेसिन उक्त स्थानमा तैनाथ अवस्थामा राखिएको छ । पानी नरोकिएको अवस्थामा पुन लेदो झर्ने हुँदा जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको