बीस लिटर पानीको बाल्टिनमा डुबेर भक्तपुरमा एक बालिकाको मृत्यु
News Desk
Aug-06 , 2024 तारिख 07:05 बेलुका

बीस लिटर पानीको बाल्टिनमा डुबेर भक्तपुरमा एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं २ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल बस्दै आएकी नेलिस्ता बस्नेत खेल्ने क्रममा अचानक २० लिटर पानी भएको प्लास्टिकको बाल्टिनमा डुबेकी हुन् । ११ महिनाकी बस्नेतको तत्कालै उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन कार्कीले बताउनु भयो ।

शव पोष्मार्टमका लागि काठमाण्डौं मेडिकल कलेज दुवाकोट लगिएको छ । प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई घटनास्थलको प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।अहिले घटनाको थप अनुसन्धान कार्य भईरहेको डिएसपी कार्कीले बताउँनु भयो ।

धेरै पढिएको