काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले आज भारतको सामना गर्दै
News Desk
Aug-07 , 2024 तारिख 04:36 बेलुका

काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले आज भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ पाँच बजेपछि खेल हुनेछ ।

मङ्गलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । यसैगरी भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ । सो खेल आजै ३ बजे हुनेछ ।

धेरै पढिएको