भिक्षु राजु लामा पि कोन्द​न​को जिव​नी संयुक्त राष्ट्र संघ अन्तर्गत सुरक्षा परिषद- शिक्षा निर्देशक र बोर्ड सदस्यमा नियुक्त
News Desk
Aug-09 , 2024 तारिख 03:36 बेलुका

काठमाडौं । भिक्षु डा. राजु लामा पि कोन्दन संयुक्त राष्ट्र संघ अन्तर्गत सुरक्षा परिषद विभाग मातहतको शिक्षा निर्देशक र बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटेरस तथा विभाग प्रमुख डा। डानियलले उक्त जिम्मेवारी दिनु भएको हो । उक्त नियुक्तीले आफुलाई खुशी तुल्याएको र थप जिम्मेवारी बोध भएको प्रतिकृया भिक्षु राजु लामाले दिनुभयो ।

भिक्षु राजु लामा कोन्दन ः शान्ति र करुणाको ज्योति

राजु लामा कोन्दन एक सम्मानित बौद्ध भिक्षु र एक प्रमुख सामाजिक व्यक्तित्व हुनुहुन्छ । जसले आफ्नो जीवन शान्ति र मानवीय कारणहरूको खोजीमा समर्पित गर्नुभएको छ । ११ बर्षको उमेरमा भिक्षुको जीवन मार्ग अगाल्नुभएका उहाँ बुद्धले कोर्नुभएको शान्तिको मार्गमा विगत ३८ वर्षदेखि अविछिन्न रुपमा लाग्दै आउनुभएको छ । त्यसो त उहाँ गृहस्थी जीवनबाट परै बसेर बुद्धका मार्गदर्शक सिद्धान्तसहित शान्तीको शिक्षालाई राष्ट्रिय एवम अन्तरराष्ट्रिय स्तरमा फैलाउनमा तल्लिन रहदै आउनु भएको पनि छ ।  

सादगी, नम्रता र अरूको हितमा अटल भक्तिका साथ आफनो दिनचर्यालाई व्यथित गर्दै आउने क्रममा उहाँले आफुलाई आध्यात्मिक र सामाजिक जिम्मेवारीहरूमा केन्द्रित गराउनु भएको पाईन्छ ।  

राजु लामा कोन्डन विश्व मानवीय र शान्ति प्रवर्द्धनात्मक अन्तर्राष्ट्रिय संस्था , ऊणीप नेपाल अर्थात युनाईटेड नेचर इन्टरनेशनल पिसका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले युनिप नेपाल मार्फत शान्ति र मानवीय सहायतालाई बढावा दिने उद्देश्यका धेरै पहलहरूको नेतृत्व गर्नुभएको छ।

 उनी नेपालबाट संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद (ऊणैष्च्) को उपाध्यक्ष र नेपाल स्कुल अफ मेडिकल साइन्सका संस्थापक निर्देशक, ट्रिपल जेम्स स्कूलका संस्थापक प्रिन्सिपल र अन्य विभिन्न सामाजिक संस्थाहरूको संस्थापक पनि हुनुहुन्छ ।  

लामा कोन्डनको योगदान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत मुक्तकण्ठले प्रशंसा हुँदै आएको पाउन सकिन्छ । लामा कोन्डनको सामाजिक कार्य र शान्ति-निर्माणप्रतिको समर्पणले उनलाई २०२३ मा आमेरिचोर्प्स ऊषा बाट प्रतिष्ठित अमेरिकी लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२२ मा युनिभर्सल पिस फेडेरेसन नेपालबाट शान्ति दूत पुरस्कार, सन २०२२ मा सिंगापुरको ग्लोबल हेमिस्फियर्स फाउन्डेसनबाट एक्शन फर अर्थ ग्लोबल लिडरशिप र २०२१ मा ऊण्प्क्फ्च मानवीय नेतृत्व पुरस्कार जस्ता अन्तरराष्ट्रिय अवार्ड तथा पदवीबाट विभुषित हुनुभएको छ । त्यस्तै सन २०१३ र २०१४ मा राष्ट्रिय रुपमा स्वास्थ्य शिक्षा तथा सामाजिक क्षेत्रमा लामाले पुर्‍याउनुभएको योगदानको कदर स्वरुप उहाँलाई राष्ट्रिय पुरस्कारका साथै २००७ मा विकास रत्न पुरस्कारबाट पनि सम्मानित गरिएको छ ।  

नम्र स्वभाव र दयालु हृदयका धनी राजु कोन्दन लामाले भगवान बुद्धको साँचो शिष्यको सारलाई मूर्त रूप धारणा गरेको पाउन सकिन्छ । जसले खाँचोमा परेका मानिसहरूको सेवामा कटिबद्ध भई लाग्दैनटल प्रतिबद्धतासहित दयालु भावना र शान्ति एवम एकताको पक्षमा आफुलाई मुखरित गर्दै सादगीपूर्ण जीवन व्यथित गर्दै आउनुभएको छ ।  

राजु लामा कोन्डनको जीवन कथा निस्वार्थ सेवा, अटल सिद्धान्त र मानवताको हितमा गहिरो समर्पणको माध्यमबाट कसरी एक व्यक्तिले संसारमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो। विश्व शान्तीका आशाका ज्योति र शान्तिका अग्रदुत भगवान गौतम बुद्धका असल अनुयायीका रुपमा आफुलाई विश्व सामु उभ्याउन पाउदा निकै गौरव महशुस हुने गरेको उहाँ बताउनुहुन्छ ।

धेरै पढिएको