News Desk
हेटौडा। जिल्ला प्रहरी कार्यलय मकवानपुर मातहत रहेको इलाका प्रहरी कार्यालय पालुङ्गले ६ किलो चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ गरेको छ।यहि श्रावण २४ गते इलाका प्रहरी कार्यालय पालुङ्गबाट खटिई गएको टोलीले थाहा नगरपालिका वडा नं -३ शिखरकोट बजारमा ना ४ ख ४५६७ नम्बरको बसमा चेकजाच गर्ने क्रममा उक्त लागु औषध बरामद भएको हो। दुम्सिखर्कबाट हेटौडा तर्फ जादै गरको उक्त बसमा सवार भइ आएका दुइ भारतीयहरुले तिघ्रामा बाधी लुकाइरहेको अवस्थामा उक्त ६ केजी लागु औषध चरेश जस्तो पदार्थ फेला परेको हो। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने हरुमा भारत सितामडी वडा नं -९ बस्ने ४५ बर्षिय सुदिर सिंह र यहि वार्ड नं -८ बराही बस्ने ६८ बर्षकी रेनुदेबी चौधरी रहेकी छिन्। निजहरुलाई सम्मानित जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।