पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिंदा सवारी साधन एकतर्फी मात्र सञ्चालन
News Desk
Aug-13 , 2024 तारिख 05:29 बेलुका

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमा थप पहिरो जाँदा सडक भासिएको हो । सडक डिभिजन कार्यालयको संयोजनमा आज मर्मतको काम शुरु गर्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर भएको छ ।

धेरै पढिएको