नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड
News Desk
Aug-13 , 2024 तारिख 05:39 बेलुका

नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकै दिन २१ सय रुपैयाँ बढेर सुनले नयाँ रेकर्ड बनाएको हो । मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्म कै उच्च हो । यसअघि साउन २१ गते सुनको उच्च मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।

सोमबार छापावाला सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।