चुम्लीङ्गटारमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुबैतर्फ बन्द
News Desk
Aug-14 , 2024 तारिख 06:01 बेलुका

पृथ्वी राजमार्ग अन्तर्गत मौवा खोला मुग्लिन सडक खण्डको ईच्छाकामाना गाउँपालिकामा पर्ने चुम्लीङ्गटारमा खसेको पहिरोका कारण राजमार्ग दुबैतर्फ बन्द भएको छ । राजमार्ग हुँदै आवत जावत गर्ने यात्रुबाहक र मालवाहक ठूला तथा साना सवारीका साधनहरु पहिरोका कारण बाटोमा नै रोकिएका छन् । राजमार्गमा ठूलो ढुङ्गा खसेकोले हटाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सडक सुचारु गर्न केही समय लाग्ने सडक विभागले जनाएको छ । रातिदेखी वर्षा भइरहेकोले राजमार्गको ठााउठाँउमा स–साना पहिरो भने खसिरहेको सडक विभागले जनाएको छ ।

धेरै पढिएको