ओझा 'पोयट अफ द मन्थ'
News Desk
Aug-16 , 2024 तारिख 01:33 बिहान

काठमाण्डौं । नेपालका कवि सरोज ओझाले विश्वका सय भन्दा बढि देशका करिब ८ हजार कविहरु गोलबद्ध  विश्व प्रसिद्ध साहित्य संस्था ग्लोबल राईटर्स एकेडेमीबाट पोयट अफ द मन्थको उपाधि पाएका छन् । भारतको स्वतन्त्रता दिवसको अवसर अगष्ट १५ मा एकेडेमीले उनलाई उक्त सम्मान अर्पण गरेको हो । उक्त संस्थाको अध्यक्षमा भारतका विश्वानन्द सिन्हा , बरिष्ठ उपाध्यक्षमा ब्राजिलकी औरा बारबोसा र उपाध्यक्षमा कोलम्बियाकी एण्ड्रिया लुईज​ लुईज छन् भने अन्तराष्टिय कमिटिमा सातै महादेश स्थित विभिन्न देशका कविहरु सदस्यका रुपमा रहेका छन् ।  सम्मान प्राप्त गरे पश्चात खुसी व्यक्त गर्दै कवि ओझाले आयोेजक प्रति धन्यवादसहित सम्पूर्ण भारतियमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका छन् । त​न​हुमा जन्मेर राजधानी काठमाण्डौंलाई कर्मथलो बनाउदै आएका ओझा विगत एक दशकदेखी साहित्य साधना सकृय छन् । कविता एवं कथा लेखनमा उनको बिशेष रुची रहेको छ । ओझाले यस अघि पनि साहित्य, मानव अधिकार एवं पत्रकारिता क्षेत्र अन्तर्गत भारतबाट दादा साहेब फाल्के अवार्ड , महात्मा गान्धी एसिक्सलेन्स अवार्ड, मानव अधिकार सम्मान, भानु सिंह अवार्ड प्राप्त गरेका छन् । 

सरोज ओझाको संक्षिप्त 

तनहुँको व्यास ५ मा जन्मिएका सरोज ओझा विगत एक दशकदेखी अघिदेखी साहित्यकर्ममा सकृय छन्। नेपाली र अंग्रेजी दुवै भाषामा कविता तथा कथाहरु कोर्दै आएका ओझाका सिर्जनाहरु नेपाली साथै अन्तरराष्ट्रिय स्तरका संचार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन् । त्यसो त ओझा संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तरराष्ट्रिय मानव अधिकार संस्था नेपाल च्याप्टरको देशिय कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक पनि हुन् ।  विभिन्न संस्थामा प्रेस विज्ञ तथा सल्लाहकार भई कार्य गर्दै आएका ओझासँग चलचित्र तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिकामा रहे कार्य सम्पादन गरेको अनुभव छ।  

बंगलादेशबाट प्रकाशित ग्लोबल नेशन डेलीका विश्व शान्ति दूत रहेका ओझा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवं निर्देशक र राज्यदैनिक डटकमका कार्यकारी सम्पादन हुन् । ओझाले नेपाली र अंग्रेजी दुवै भाषामा आफनो कलम चलाउदै आएका छन् । ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव पनि हुन् ।  उनले ललितपुर महानगरपालिका, निर्यात व्यवसायी महासंघ र विभिन्न अनलाईन एवम् पत्रिका र विभिन्न पुस्तकहरुको सम्पादक भई कार्य गरेका छन्।

निरन्तर १५ बर्ष नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादनमा सकृय रहे बापत ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनबाट सम्मानित भएका ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के टेलिभिजन अवार्ड २०२३, लखनउमा उत्तर प्रदेश आर्टिस्ट एकेडेमीको  ‘युपिपिए अवार्ड २०२३ तथा विश्व मानावाधिकार परिषदबाट ‘मानव अधिकार सम्मान २०२३’ र नयाँ दिल्लीमा ‘महात्मा गान्धी एक्सिलेन्स अवार्ड २०२३’ मा गेष्ट अफ अनर सम्मान, इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड २०१९’, थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड २०२२ बाट सम्मानित भएका छन् । त्यस्तै उनले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालबाट टान टुरिजम अवार्ड, निर्यात व्यवसायी महासंघबाट फिन अवार्ड, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान आदी प्राप्त गरेका छन् । सfहित्य तर्फ उनले रविन्द्र नाथ टैगोरको नाममा स्थापित भानु सिंह अवार्ड, जेजाविक लाउरेट अवार्ड आदी अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

धेरै पढिएको