डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते
News Desk
Aug-16 , 2024 तारिख 05:25 बेलुका

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाडस्थित आज बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको डिएसपी भट्टराईले बताउनुभयो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । उकालोमा दुर्घटना भएको बस प्राविधिक कारणले दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको