News Desk
काठमाण्डौ । जनैपूर्णिमाको अवसरमा फेस अफ तामाङ किड्सका सहभागी तामाङ समूदायको बालबालिकाहरुले निःशुल्क पानी वितरण गरेका छन । उनीहरुले बौद्धमार्गीहरुको पवित्र धार्मिक स्थल स्वयम्भूमा निःशुल्क पानी वितरण गरेरका हुन । सो अवसरमा फेस अफ तामाङ किड्सका सहभागीले स्वयम्भूको अवलोकन गरि तामाङ कूताब धिममा तामाङ परिकार खानपिनसँगै गर्नुका साथै बरिष्ठ गायक तथा तामाङ डाजाङका अध्यक्ष फुल कूमार बोम्जनद्वारा तामाङ भाषा लिपी रिमठिमको बारेमा जानकारी हासिल गरेका छन ।
यस सौन्दर्य प्रतियोगिताले सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने फेस अफ तामाङ किड्सको आयोजक संस्था युथ क्रियसनका प्रमुख रवि लामा तामाङले बताए ।