News Desk
तनहुँको ऐना पहरा नजिक भारतीय यात्रुवहाक बस दुर्घटना भएको छ । पोखराबाट काठमाण्डौँतर्फ आइरहेको यु. पी. ५३ एफ.जी. २३ नम्बरको यात्रुबहाक बस आँवुखैरेनी-२ ऐना पहराबाट मर्स्याङदी नदीमा खसेर दुर्घटना भएको हाम्रा लम्जुङ समाचारदाता परमेश्वर अधिकारीले जानकारी दिएका छन ।
आवुखैरेनी ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी कुमार बस्नेतका अनुसार बसमा करिव ४० जना यात्रु रहेका छन् । दुर्घटनाग्रस्त बसका यात्रुहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।