राष्ट्रपति र प्रथम महिलाबाट श्रीकृष्ण जन्माष्टमी पर्वकाे उपलक्ष्यमा पाटनस्थित  प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना 
News Desk
Aug-26 , 2024 तारिख 04:43 बेलुका

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेल प्रथम महािला सविता पाैडेलसहित श्रीकृष्ण जन्माष्टमी पर्वकाे उपलक्ष्यमा साेमबार ललितपुरकाे पाटनस्थित  प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गर्नुभयो । 

साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पाैडेल पाटन कृष्ण मन्दिर  पुग्नुहुंदा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले  स्वागत गर्नुभएको थियो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

धेरै पढिएको