News Desk
-सहबान अन्सारी
नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन।
मंगलवार रामग्राम नगरपालिका वडा नं.४ ललितपुर स्थित उखुबारीमा रहेको छाप्रो भित्र पाल्पाको तानसेन नगरपालिका वडा नं.११ बर्तुङ बस्ने १८ बर्षिय श्याम मगर लाई शंकास्पद ढंगले बसी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा मगर संग प्रतिबंधित लागुऔषध नुफिन ३९ एम्पुल,डाईजोपाम ३९ एम्पुल र फेनार्गन ३९ एम्पुल सहित ग १७ प ८२९७ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।