मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
News Desk
Aug-30 , 2024 तारिख 11:55 बिहान

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद बैठकले वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो।

मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले आज मुख्यसचिव नियुक्त गरेको हो। 

सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका तोयनारायण ज्ञवाली थिए। दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए।

धेरै पढिएको