सुन्दरहरैँचा नगरपालिका ७ स्थित केरा बगानभित्र दुई नाबालिकाको शव फेला
News Desk
Sep-01 , 2024 तारिख 12:23 बेलुका

मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित केरा बगानभित्र दुई नाबालिकाको शव फेला परेको छ। 

धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीकी तीन र एक वर्षकी छोरी आज सुन्दरहरैँचा ७ स्थित केराबगानभित्र मृत फेला परेका हुन।

हिजो साँझ पतीपत्नीबीच विवाद भएपछि दुवै छोरीहरू साथमा लिएर हिडेकी अर्जुनकी श्रीमती २९ वर्षकी अस्मिता पौडेल सम्पर्कविहीन छिन। उनको खोजी भइरहेको मोरङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। बालिकाको शव फेला परेको नजिकै मेटासिटको बट्टा फेला परेकाले विष खुवाएर मारेको हुनसक्ने आशंका गरिएको छ।

शरीरको बाहिरी भागमा चोटपटक देखिएको छैन। छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

यद्यपि आमा फेला परेपछि र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डिएसपी बस्नेतले बताए। यसअघि पनि अस्मिता श्रीमानसँग विवाद हुँदा छोरीहरू लिएर हिड्ने र फेरि घर आउने गरेकी थीन ।

 

धेरै पढिएको