काठमाडौँ —भाद्र १९, २०८१।
युवा वकालत तथा लिडरसिप ट्रेनरको रुपम सक्रियता बढाउदै नेतृत्व क्षमतामा अब्बल रुपमा खारिएका अभिबिन्द खनिया युवा नेताहरूको सेप्टेम्बर ७- १५सम्म जर्मनीको एरफर्ट र बर्लिनमा हुने "दुई सदनीय पद्धति तथा शक्ति सन्तुलन मा जर्मनी" नामक अन्तराष्ट्रिय युवा नेतृत्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। थुरिंगियामा को आगामी राज्य चुनावको प्रकाशमा जर्मनीमा राज्यहरू र संघीय स्तरमा पार्टी संगठनका विभिन्न पक्षहरू, अन्तरक्रिया, संसदीय कार्यसम्पादन, स्थानीय राजनीति, युरोपेली एकीकरण, सामाजिक बजार अर्थतन्त्र र युरोपेली इतिहास विषयमा छलफल हुने कार्यक्रममा उनले नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिन्धित्व गर्नेछन् ।
हालैमात्र मध्यप्रदेशमा विद्यार्थी र युवाहरूको विश्व संगठन (WOSY),कोनराड एडेनेउर स्टिफ्टुङ्ग स्कूल अफ यंग पोलिटिशियन्स (KASYP) मलेसियामा नेपाललाई प्रतिनिधित्व गरेका खनियाले यो कार्यक्रमले पनि आफूमा थप राजनीतिक सुझबुझको साथै नेतृत्व शैलीमा र आउने समस सापेक्ष राजनीति गर्न अझ निखार ल्याउन सहयोग ल्याउनेमा आशावादी छन्। यो संस्करणमा एशिया र युरोपका विभिन्न देशहरूबाट आएका युवा नेताहरुलाई प्रशिक्षण दिइनेछ। यस प्रशिक्षणको मुख्य उद्देश्य युवा नेतृत्वलाई प्रोत्साहित गर्दै राष्ट्रको परिवर्तनशील आवश्यकता साथै समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि नयाँ पुस्ताका राजनैतिक नेताहरूलाई तयार गर्नु हो। यस कार्यक्रममा एशियामा चुनाव, निर्वाचन प्रणाली र प्रजातन्त्र; युरोपेली संसदीय प्रजातन्त्रमा राजनीतिक दलहरू; आधुनिक राजनीतिक अभियान आप्रवासन, सामाजिक सञ्जालको प्रयोग लगायत विभिन्न विषयमा प्रशिक्षण तथा विभिन्न देशका युवा नेताहरुबीच विचार आदानप्रदान तथा अन्तरक्रिया समेत हुनेछ।
विगत लामो समयदेखि राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आबद्ध रहदै, संगठनको महासचिव तथा सह-अध्यक्ष रहिसकेका खनिया जीवविज्ञानका साथसाथै परियोजना तथा सहरी विकास तथा व्यवस्थापनका विद्यार्थी हुन्, राप्रपा भित्र पनि प्रतिभाशाली युवा नेताको रुपमा उनी उदियमान् छन्। पुर्वान्चल विश्वविद्यालय अन्तर्गत ह्वाइटहाउस कलेजको ईकाई अध्यक्षको रुपमा विद्यार्थी राजनीति सुरु गरेसंगै विभिन्न कलेज तथा आंगिक क्याम्पसमा संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएका उनी पुरातन शैलीको विरोध, आन्दोलन, चक्काजाम, रांकेजुलुस भन्दा पनि अब देशमा युवाको मागहरुलाई सिर्जनात्मक रुपमा प्रस्तुत गरी त्यसको समाधान ल्याउन तर्फ तत्पर रहनुपर्ने बताउंंछन्।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक, भियतनाम एकसिलेन्स अवार्डबाट एसियाको प्रभावशाली युवा नेता, उत्कृष्ट युवा उद्यमी २०२२, डाईनामिक युथ अवार्ड २०२१ बाट विभूषित खनिया अभ्यानी प्रोडक्सन नामक नेतृत्व विकास संस्थाको अध्यक्ष, डिबेट नेटवर्क नेपालका पूर्व महासमिति सदस्य, संयुक्त राष्ट्र संघको युवा तथा विद्यार्थी संघ नेपालका पूर्व महा समिति सदस्य, तथा मिस्टर टिन २०१७ का विजेता पनि हुन्।