News Desk
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
भिबार बसेको मन्त्री परिषद बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको हो।
सेप्टेम्बर १० देखि २८ (भदौँ २५ देखि असोज १२)सम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सकलगायत रहेका बताइएको छ।