नवलपरासीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
News Desk
Sep-07 , 2024 तारिख 01:06 बेलुका

-सहबान अन्सारी

नवलपरासीमा मोटरसाईकल दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ। शुक्रवार बर्दघाट नगरपालिका वडा नं.१३ जमुनिया स्थित जमुनियाबाट नारायणचोक तर्फ तर्फ जादै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक प्रतापपुर गाउँपालिका वडा नं.२ गोपीगंज बस्ने १७ बर्षिय किशोर र साईकल यात्री बर्दघाट नगरपालिका वडा नं. १३ नारायणचोक बस्ने ४७ बर्षिय सुरेश चौधरी गम्भिर घाईते भएका थिए।

गम्भिर घाईते भएका साईकल यात्री चौधरीलाई उपचारका लागी मेडिकल कलेज भैरहवा रुपन्देही पठाईएकोमा साईकल यात्रीको उपचारको क्रममा मृत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु भएका मृतकको शव पोष्टमार्टम लगायत थप अनुसन्धान प्रकृया बाकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ

धेरै पढिएको