दश जोडीले गरे दाइजोमुक्त विवाह
News Desk
Sep-08 , 2024 तारिख 05:51 बिहान

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन्।समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको रोशन दासले जानकारी दिए।

सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। 

यहाँ शुक्रवारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा भइरहेको छ।

तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जोडीले विवाह र १७० जनाले रक्तदान गरेका हुन्। तेस्रो दिन आइतवार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ। 

धेरै पढिएको