नवलपरासीमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु
News Desk
Sep-09 , 2024 तारिख 02:48 बेलुका

सहबान अन्सारी

नवलपरासीमा मोटरसाइकल  दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
आईतवार सुनवल नगरपालिका वडा नं। १२ फरौली र  रामग्राम नगरपालिका वडा नं।११ को सिमाना स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु १७ प ८७८८ नम्बरको को मोटरसाईकल अचानक आफै अनियन्त्रित भई रोडको दाहिने साईडको नालीको पानीमा पल्टिन जांदा मोटरसाईकल चालक  सुनवल नगरपालिका वडा नं। ९ स्वाठी बस्ने  २६ बर्षिय  रामनाथ कंवर को मत्यु भएको प्रहरीले जनाएको छ।
 दुर्घटनामा परि गम्भिर घाईते भएका कवरको मुख र शरिरको बिभिन्न भागमा चोट लागेको पछि उपचारको लागी जिल्ला अस्पताल पठाएको र उपचारको क्रममा मृत भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।

धेरै पढिएको