आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको देउवाको भनाई
News Desk
Sep-13 , 2024 तारिख 06:38 बिहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा उनले साना दललाई कमजोर बनाउने पक्षमा कांग्रेस नरहेको पनि बताए। उनले दुई ठूला दलको सहमतिले अरु राजनीतिक दल तर्सिएको भन्दै आफ्नो र प्रधानमन्त्री ओलीको नीति त्यस्तो नभएको सुनाए।

धेरै पढिएको