News Desk
काठमाण्डौ— भाद्र ३०, २०८१
युथ क्रियसनद्धारा आयोजित तामाङ समूदायका बालबालिकाहरु लक्षित प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४ का शिर्ष उपाधी बिजेता दिक्छेन तामाङ र मर्जेन तामाङसहित अन्य सहभागी प्रतिस्पर्धीहरुलाई प्रमाणपत्र वितरण समारोह राजधानीको गोङ्गबूस्थित बर्गर हाउसमा सम्पन्न गरिएको छ।

प्रतियोगिता अन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ फर्स्ट रनर अप र किन्जु डोमा तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहेका थिए भने बालकतर्फ आरोज तामाङ फर्स्ट रनर अप र सिद्धान्त तामाङ सेकेण्ड रनर अप बन्न सफल रहेका थिए। पूर्व पर्यटन तथा संस्कृती मन्त्री पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रमाणपत्र वितरण समारोहमा मिस तामाङ वर्ल्डका आयोजक मिलन मोक्तान, नेपाल तामाङ संस्कृतिक घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ तामाङ, म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्भ तामाङ र रुम्बा कलेक्सन संचालक ममता रुम्बा लगायतको बिशेष आतिथ्यता रहेको थियो।
युथ कृयशन नेपालद्वारा आयोजित फेस अफ तामाङ किड्स २०२४ मा सहभागीहरु बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित आयोजना गरिएको फेस अफ तामाङ किड्सको प्रमाणपत्र वितरणसंगै रुम्बा कलेक्सनबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिएको आयोजना गरिएको युथ क्रियसनका प्रमुख रवि लामा तामाङले जनाएका छन् ।