ग्लोबल हाईफाई अवार्ड सीजन ३, २०२४ बाट काठमाण्डौंका डेभिड रिजाल प्रतिष्ठित उद्यमी र सामाजिक कार्यकर्ता अवार्डबाट सम्मानित
News Desk
Sep-15 , 2024 तारिख 10:14 बेलुका

काठमाडौंका डेभिड रिजाललाई एक उद्यमी र सामाजिक कार्यकर्ता दुवैको रूपमा असाधारण योगदानको लागि ग्लोबल हाईफाई उत्कृष्ट पुरस्कार २०२४ ९सिजन ३० मा सम्मानित गरिएको छ।  सेप्टेम्बर ८ मा  दिल्लीको  फाइव स्टार होटल क्राउन प्लाजा, मयुर विहारमा आयोजित यो प्रतिष्ठित कार्यक्रमले डेभिड रिजाललाई सामाजिक र व्यवसायिक उत्कृष्टता प्रति ऊनको  समर्पित काम को आधारमा यो अवार्ड दिएको हो।

 व्यापार व्यवसायको खोजीमा ३० भन्दा बढी देशको भ्रमण गरिसकेका डेभिड रिजालले उल्लेखनीय नेतृत्व र नवीनता प्रदर्शन गरेका छन् । डेभिडले  खाद्यान्न, पैसा र लत्ताकपडा  विभिन्न दानहरूमार्फत खाँचोमा परेका समुदायहरूमा दिगो प्रभाव पार्दै सीमापार असंख्य व्यक्तिहरूको जीवनलाई छोएको छ।

 उनको सफलताको यात्रा व्यावसायिक उपलब्धिको कथा मात्र नभई मानवता र सहृदयताको पनि हो ।  उद्यमशीलतालाई परोपकारसँग जोड्ने रिजालको प्रेरणादायी प्रयासले आशाको किरणको रूपमा काम गरेको छ भने अरूलाई पनि बाटो देखाउने क्रममा सफलता हासिल गर्न उत्प्रेरित गर्दछ।
अवार्ड ग्रहण गर्दैगर्दा  उनले सामुदायिक सहयोगको महत्त्वलाई विनम्रतापूर्वक स्वीकार गर्ने  आफ्नो दृष्टिकोण साझा गरेका छन् । एक उद्यमी र सामाजिक कार्यकर्ताको रूपमा उनको अथक परिश्रमले उनलाई नेपालमा मात्र नभई विश्वभर प्रेरणाको स्रोत बनाएको छ।

 

धेरै पढिएको