भगवान् विश्वकर्माको पूजा गर्न काठमाडौँको भद्रकाली लगायतका स्थानहरूमा भीड
News Desk
Sep-17 , 2024 तारिख 12:39 बेलुका

 आज विश्वकर्मा पूजा । भगवान् विश्वकर्माको पूजा गर्न काठमाडौँको भद्रकाली लगायतका स्थानहरूमा भीड रहेको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई  भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

धेरै पढिएको