News Desk
असोज - १ सेन्ट जर्ज स्कुलबाट एसइइ २०८० पास विद्यार्थीहरूलाई बधाई एवं विदाई कार्यक्रम विद्यालयको परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्लाद दाहालको सभापतित्व एवं नेशनल प्याब्सनका केन्द्रीय कोषाध्यक्ष तथा अप्टिमिस्ट इन्टरनेसनल नेपाल डिस्ट्रिक्टका गभर्नर प्रताप बहादुर थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, दृश्य सहकारी संस्थाका सचिव रमेश सन्जेल, युवा व्यवसायी सन्दिप घिमिरे, विद्यालयका प्र.अ.
मेघराज बजगाईं, शिक्षक शिक्षिकाहरु, कक्षा ९ र १० का विद्यार्थीहरू एवं एसइइ पास २०८० भएका विद्यार्थीहरु र अभिभावकहरूको उपस्थिति रहेको थियो
कार्यक्रममा अप्टिमिस्ट इन्टरनेसनल नेपालका गभर्नर प्रताप बहादुर थापालाई सम्मान गरिएको थियो। एसइइ पास विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै सिनियर शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो। आफ्ना सिनियरहरूलाई विदाई गर्दाको क्षणमा कक्षा नौ र दशका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि थापाले विद्यार्थीहरूलाई शुभकामना दिँदै स्वदेशमै केहि गर्न प्रोत्साहन गरे । कार्यक्रममा कक्षा १० कि छात्रा सपना शाहीले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरेकी थिइन् भने कार्यक्रममा २०८० मा एसइइ पास विद्यार्थीहरूको तर्फबाट सिर्जना मोक्तानले स्कुल पढ्दा आफूुले भोगेका अनुभव बताएकी थिइन्। कार्यक्रममा सहभागी सबैलाई मोही सेवन गराइएको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।
विद्यालयका प्रधान अध्यापक मेघराज बजगाईंले विद्यालयले सबै आफ्ना विद्यार्थीहरुलाई सधैं सम्झिरहने कुरा बताउँदै कक्षा १० सम्म पढ्दा सिकेकै धेरै कुरा जिवनमा लागु हुने कुरा बताए। साथै विद्यार्थी भाइबहिनीहरूले पनि विद्यालय नबिर्सन आग्रह गरे । शिक्षकहरूको तर्फबाट शिक्षक राजेश श्रेष्ठले आफ्नो भनाइ राख्दै हिजो विद्यालयमा पढाउने क्रममा गाली गरिएको अथवा नराम्रा केही भएको भए बिर्सिदिन आग्रह गरेका थिए । अन्त्यमा कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्लाद दाहालले सबै विद्यार्थीहरुलाई बधाई दिदैं अहोरात खटेर विद्यार्थीलाई यो अवस्थामा ल्याउने सबै शिक्षकहरुलाई धन्यवाद दिंदै सधैं सहि बाटो हिड्न सबैलाई आग्रह गर्दै विद्यालयले सधैं विद्यार्थीहरुलाई सम्झने कुरा बताए ।