News Desk
असोज - १ सेन्ट जर्ज स्कुलबाट २०८० को एसइइ परिक्षा उतिर्ण विद्यार्थीहरूलाई बधाई एवं विदाई कार्यक्रममा अप्टिमिस्ट इन्टरनेशनल नेपालका डिस्ट्रिक्ट गभर्नर प्रताप बहादुर थापा सम्मानित भएका थिए । थापा यहि भाद्र २९ र ३० गते चितवनको सौराहामा सम्पन्न तेस्रो महाधिवेशनबाट गभर्नर पदमा चयन भएको कुरा सेन्ट स्कुलका ब्यवस्थापन समितीका अध्यक्ष , कार्यक्रमका सभापति एवं अप्टिमिस्ट इन्टरनेशनल नेपालका नवनिर्वाचित डाइरेक्टर र अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रिनियरका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, दृश्य सहकारी संस्थाका सचिव रमेश सन्जेल, युवा व्यवसायी सन्दिप घिमिरे, विद्यालयका प्र.अ.
मेघराज बजगाईं, शिक्षक शिक्षिकाहरु, कक्षा ९ र १० का विद्यार्थीहरू एवं एसइइ पास २०८० भएका विद्यार्थीहरु र अभिभावकहरूको उपस्थिति रहेको थियो
कार्यक्रममा अप्टिमिस्ट इन्टरनेसनल नेपालका गभर्नर प्रताप बहादुर थापाले सम्मान प्राप्त पछि अप्टिमिस्ट इन्टरनेसनलको बारेमा सबैलाई प्रष्ट हुने गरि जानकारी गराएका थिए । एसइइ पास विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै सिनियर शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो। आफ्ना सिनियरहरूलाई विदाई गर्दाको क्षणमा कक्षा नौ र दशका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेका थिए। कार्यक्रममा गभर्नर थापा प्रमुख अतिथिको रुपमा रहेका थियो ।
कार्यक्रमका प्रमुख अतिथि थापाले विद्यार्थीहरूलाई शुभकामना दिँदै स्वदेशमै केहि गर्न प्रोत्साहन गर्दै अप्टिमिस्ट इन्टरनेसनलको बारेमा बालबालिका र शिक्षिक शिक्षिकालाई बताएका थिए । कार्यक्रममा कक्षा १० कि छात्रा सपना शाहीले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरेकी थिइन् भने कार्यक्रममा २०८० मा एसइइ पास विद्यार्थीहरूको तर्फबाट सिर्जना मोक्तानले स्कुल पढ्दा आफूुले भोगेका अनुभव बताएकी थिइन्। कार्यक्रममा सहभागी सबैलाई मोही सेवन गराइएको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।
विद्यालयका प्रधान अध्यापक मेघराज बजगाईंले विद्यालयले सबै आफ्ना विद्यार्थीहरुलाई सधैं सम्झिरहने कुरा बताउँदै कक्षा १० सम्म पढ्दा सिकेकै धेरै कुरा जिवनमा लागु हुने कुरा बताए। साथै विद्यार्थी भाइबहिनीहरूले पनि विद्यालय नबिर्सन आग्रह गरे । शिक्षकहरूको तर्फबाट शिक्षक राजेश श्रेष्ठले आफ्नो भनाइ राख्दै हिजो विद्यालयमा पढाउने क्रममा गाली गरिएको अथवा नराम्रा केही भएको भए बिर्सिदिन आग्रह गरेका थिए । अन्त्यमा कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्लाद दाहालले सबै विद्यार्थीहरुलाई बधाई दिदैं अहोरात खटेर विद्यार्थीलाई यो अवस्थामा ल्याउने सबै शिक्षकहरुलाई धन्यवाद दिंदै सधैं सहि बाटो हिड्न सबैलाई आग्रह गर्दै विद्यालयले सधैं विद्यार्थीहरुलाई सम्झने कुरा बताए ।