News Desk
सौराहा - अप्टिमिस्ट इन्टरनेशनल नेपाल डिस्ट्रिकको तेस्रो राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ । उक्त महाधिवेशन नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भाद्र २९ देखी ३० सम्म आयोजित महाधिवेशन कार्यक्रम गभर्नर प्रकाश घिमिरेको सभापतित्वमा भएको थियो । वर्ष २०२४/२५ को लागी सर्वसम्मत निर्वाचन सम्पन्न भई महाधिवेशनबाट गभर्नरमा प्रताप बहादुर थापा चयन भएका छन् । सो अवसरमा निर्वाचित एवं मनोनित सम्पुर्ण व्यक्तित्वहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गभर्नर प्रकाश घिमिरेले सबैलाई सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरे । साथै उनले आफू सधैं सामाजिक काममा लागिरहने प्रतिबद्धता ब्यक्त गर्दै उत्साहपुर्वक उपस्थितिका लागि सम्पूर्ण २०२३/२४ का राष्ट्रिय पदाधिकारी, देश भरिका प्रतिनिधिलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै सर्वसम्मत रुपमा राष्ट्रिय समिति गठन गर्न भुमिका निर्वाह गर्ने २०२३/२४ क्लबका अध्यक्षहरु, पूर्व गभर्नरहरु लगायत सम्पूर्ण सहभागीहरुमा धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथि शर्माले यस्ता सामाजिक संस्थाले नै समाजमा सकारात्मक परिवर्तन ल्याउन र विकासको चेतना फैल्याउन भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनल बोर्ड वर्ष २०२४/२५ को नवनिर्वाचित समिति
नवनिर्वाचित गभर्नर - प्रताप बहादुर थापा
गभर्नर - प्रकाश घिमिरे
गभर्नर इलेक्ट - श्याम कुमार बस्याल
डिपिटि गभर्नर - निशान्त आचार्य
महासचिव - ऋषिश्वर थपलिया
कोषाध्यक्ष - पुष्पराज भट्टराई
लेफ्टिनेन्ट गभर्नर - अनिल बहादुर शाही ( जोन -१, २ वर्ष )
लेफ्टिनेन्ट गभर्नर -शालिकराम ढकाल - जोन - २, २ वर्ष
लेफ्टिनेन्ट गभर्नर - राधा बोहरा -३, २ वर्ष
लेफ्टिनेन्ट गभर्नर - गुणराज थपलिया- ४, २ वर्ष
लेफ्टिनेन्ट गभर्नर - नेत्रनाथ पौडेल - ५, २ वर्ष
लेफ्टिनेन्ट गभर्नर - मान बहादुर बस्नेत - ६, २ वर्ष
लेफ्टिनेन्ट गभर्नर - कृष्ण प्रसाद पौडेल -७, २ वर्ष
लेफ्टिनेन्ट गभर्नर -प्रदिप कुमार मण्डल - ८, २ वर्ष
सर्जन याट आर्म्स - यमुना सापकोटा
पार्लामेन्ट्रियन - पशुपति शर्मा
डाइरेक्टरहरु:
जोन - १ मा - श्याम बहादुर कुँवर / किशोर कुमार रावल
जोन - २ मा - रमेश अधिकारी / प्रदिप अधिकारी
जोन - ३ मा - बशन्त नारायण भोछिभोया / सुनिल पाण्डे
जोन - ४ मा - दुर्गा प्रसाद थपलिया / दिपक रावाली
जोन - ५ मा - अरुणराज पाण्डे / प्रल्हाद दाहाल
जोन - ६ - मा - नेत्रलाल भट्टराई / कमल सापकोटा
जोन - ७ - मा - विजय पाण्डे / चन्द्रमणी भुषाल
जोन - ८ - मा -अनिल बस्नेत / ज्ञान प्रसाद गैर