सरकारले चार जना सचिवको सरुवा गरे
News Desk
Sep-19 , 2024 तारिख 11:55 बिहान

सरकारले चार जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवहरूको हेरफेर गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खरा ललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको हो । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल (ऊर्जा)लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र त्यहाँका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (ऊर्जा) मा लगिएको छ । बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ ।

धेरै पढिएको